सकियो सन् २०२१ को डीभी भर्ने म्याद : घट्यो नेपालीमा 'डीभी-क्रेज'

आयो भन्दा भन्दै गयो डीभी भर्ने म्याद । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

सन् २०२१ का लागि डिभी लोटरी भर्ने म्याद मंगलबार सकिएको छ । नेपाली समय अनुसार राति पौने ११ डिभी लोटरी भर्ने  समय सकिएको हो । त्यति बेला यता वासिङ्टन डीसीमा भने दिउसोको १२ बजेको थियो ।

यसपटक भरिएको डीभी लटरीको परिणाम सन् २०२० को मे ५ मा आउने छ र छनौट भएर सबै योग्यता पुगेकाले  सन् २०२० अक्टोबरदेखि अमेरिकाको भिसा पाउन थाल्नेछन् । 

नेपालीको अमेरिकी सपना साकार पार्ने उपायका रूपमा रहेको डीभी लटरीको नेपालमा ठूलो आकर्षण रहदै आएको थियो । तर, यसपटक डीभी लटरी भर्न पासपोर्ट अनिवार्य गरिएपछि यसको आकर्षणमा ठूलो ह्रास आयो । 

विगत वर्षमा भन्दा आधा नेपालीले पनि यस वर्ष डीभी नभरेको अनुमान गरिएको छ ।

सन् २०१६ यता हरेक वर्ष १० लाखभन्दा बढी नेपालीले डीभी भर्दैआएको तञयांक पाइनछ । तर, यसपटक भने ६ लाखको हाराहारीमा मात्र डीभी भरेको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2019-11-06 03:33:50

प्रतिकृया दिनुहोस्