अमेरिकामा आजदेखि यस वर्षको डेलाइट सेभिङ टाइम सकिएर 'फल ब्याक' भएको छ ।
राति १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा घडीको घण्टा सुई पुन: १ मै फर्कको थियो । अर्थात् आज अमेरिकामा रातको १ दुईपटक बजेसँगै यो स्थिति बनेको हो ।
आज राति काम गर्नेले १ घण्टा बढी काम गर्नुपर्नेछ । सामान्यत: ८ घण्टाको सिफ्टमा काम गर्नेले ९ घण्टा काम गरे ।
डेलाइट सेभिङ टाइम सकिएसँगै समय एक घण्टा छिटो भएको छ । यो क्रम आगामी मार्च ७ सम्म कायम रहनेछ । यस वर्षको डेलाइट सेभिङ टाइम मार्च १० मा सुरू भएको थियो ।
आगामी मार्च ८ देखि सन् २०२० को डेलाइट सेभिङ टाइम सुरू हुने छ। त्यतिबेला भने रातको १२ बजेर ५९ मिनेटपछि १ नबजी २ बज्नेछ । अर्थात् घडीका घण्टा सुई १ मा नअडिई एकैपटक २ मा पुग्नेछ ।
डेलाइट सेभिङ टाइम सुरू हुनु र सकिनुलाई अमेरिकी जीवनशैलीको एक हिस्सा मानिन्छ ।