बुधबार, १७ डिसेम्बर २०२५

अमेरिकामा फेरि चल्यो गोली : शिकागोमा चार मारिए, एक घाइते

News Image
अमेरिकाको शिकागोमा गोलीबारी चार मारिए, एक घाइते । तस्बिर : एजेन्सी
• • •

अमेरिकामा सप्ताहान्तमा गोलीबारी साप्ताहिक इभेन्ट जस्तै भएको छ । यसपटकको सप्ताहान्तमा पनि  केही मानिसको जीवनलाई गोलीबारीले पूर्ण विराम लगाइदिएको छ । मध्यपश्चिम अमेरिकाको शिकागो महानगरमा एक अपार्टमेन्टमा गोली चल्दा चार जना मारिएका छन् भने एकजना घाइते भएका छन् । 

 प्रहरीका अनुसार मारिएकाहरुमा तीन जना पुरुष र एक महिला रहेका छन् । उनीहरूमाथि खाना खाइरहेको बेला गोली हानी मारिएका थिए । 

उनीहरूलाई एउटै अपार्टेमेन्टमा बस्दै गरेका एकजना ६७ वर्षीय निर्माण मजदूरले मारेका हुन् ।

उनी विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका थिए । 

प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ ।

गोली चलाउनुको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!