अमेरिकामा सप्ताहान्तमा गोलीबारी साप्ताहिक इभेन्ट जस्तै भएको छ । यसपटकको सप्ताहान्तमा पनि केही मानिसको जीवनलाई गोलीबारीले पूर्ण विराम लगाइदिएको छ । मध्यपश्चिम अमेरिकाको शिकागो महानगरमा एक अपार्टमेन्टमा गोली चल्दा चार जना मारिएका छन् भने एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार मारिएकाहरुमा तीन जना पुरुष र एक महिला रहेका छन् । उनीहरूमाथि खाना खाइरहेको बेला गोली हानी मारिएका थिए ।
उनीहरूलाई एउटै अपार्टेमेन्टमा बस्दै गरेका एकजना ६७ वर्षीय निर्माण मजदूरले मारेका हुन् ।
उनी विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका थिए ।
प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ ।
गोली चलाउनुको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया