नेपालमा कुनै कम्पनीले कर्मचारीलाई समयमा तलब दिएन, बोनस बाँडेन र वृतिविकासमा ध्यान दिएन भने के गरिन्छ ? यस प्रश्नको उत्तर सजिलो छ- कर्मचारी युनियनले कार्यालय बन्द गर्छ । हड्ताल गर्नेदेखि कम्पनीको सञ्चालकलाई नै कालोमोसो दल्नेसम्मको क्रियाकलाप हुन्छ । कर्मचारी कामकाज नै छोडेर हिड्छन् । कम्पनी नै बन्द गरिन्छ र अदालतमा मुद्दा हाल्ने काम हुन्छ । त्यसमाथि थप राजनीति पनि सुरू हुन्छ ।
तर, अमेरिकामा त्यसो गरिदैन । यहाँ विरोधका अनेक शालिन र शान्त तरिका अपनाइन्छन् । त्यस्तै एउटा तरिका हो- कम्पनीको मालिकलाई मुसाको संज्ञा दिदै कम्पनी अगाडि ठुलो मुसा राखेर सांकेतिक प्रदर्शन गर्ने ।
यो पनि हेर्नुहोस् -
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण।
न्युयोर्कको म्यानह्याटनमा सीआईएम कम्पनीको ढोका अगाडि यस्तै दृश्य देख्न सकिन्छ । कर्मचारीले ढोका अगाडि ठूलो मुसा तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । तर, कामलाई निरन्तर , कुनै वाधा पुर्याएका छैनन् ।
अमेरिकाको न्युयोर्कमा विरोध प्रदर्शनको लोकप्रिय तरिका हो यो । पिगी एण्ड माइन ओ कोनरले सन् १९७६ मा सुरू गरेको यो शैली अहिले पनि जारी छ । यो मुसाको डिजाइन भने बिग स्काई बेलुन्स एण्ड सर्चलाईट इन्टरनेशनलले गरेको थियो ।
विरोध प्रदर्शनका लागि ६ फुटदेखि २५ फुटसम्मको मुसा राखिन्छ । तर, यसको मूल्य भने अलि चर्कै छ । यो खास डिजाइनको मुसाको मूल्य दुई हजारदेखि ९ हजार डलरसम्म पर्छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया