अमेरिकी राष्ट्रपति ट्रम्पलाई एउटा ठूलो जीत हात लागेको छ । सर्वोच्च अदालतले मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउन दुई अर्ब ५० करोड अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरिदिएपछि उनलाई यो जीत हात लागेको हो । सर्वाेच्च अदालतका नौमध्ये पाँच न्यायाधीशको उनको पक्षमा उभिएपछि बहुमतले यस्तो फैसला गरेको हो ।
यसअघि पर्खाल बनाउन रक्षा मन्त्रालयबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पको तयारीविरूद्ध परेको उजुरीमा क्यालिफोर्नियाको संघीय अदालतले रकम खर्चिन नपाउने फैसला गरेको थियो । त्यस निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका ट्रम्पको सर्वोच्च अदालतले फैसला गरिदिएको हो ।
सन् २०१६ मा मेक्सिको सीमामा पर्खाल लगाउने एजेण्डा लिएर चुनाव जितेका ट्रम्पलाई पर्खाल बनाउने बजेट कांग्रेसले नदिएपछि उनले पेन्टागनको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्ने घोषणा गरेका थिए ।
सर्वोच्चको फैसलासँगै अब पेन्टागनको दुई अर्ब ५० करोड अमेरिकी डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउनका लागि प्रयोग हुनेछ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया