अमेरिकामा रहेका कागजपत्रविहिनविरूद्धको आइस धरपकड दुईसाता पछि सार्ने भनिए पनि त्यसो भएन । अध्यागमनको नियमित छापा भनेर उत्तरी टेक्सास र ओक्लोहामामा गत चार दिनमा ७५ जना कागजपत्रविहिन आप्रवासी पक्राउ गरिएको जनाइएको छ ।
आइसले जनाएअनुसार पक्राउ पर्नेमा७३ जना दक्षिणी अमेरिकी ल्याटिनो रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी ५८ जना मेक्सिकन रहेका छन् । यसैगरी ग्वाटेमाला र होण्डुरसका ६-६ जना, एलसाल्भाडोरका २ जना र एक्वेडरका एकजना रहेका छन् । पक्राउ पर्ने दुईजना गैरल्याटिनोमा एकजना केन्या र अर्कोजना र भियतनामका रहेका छन् ।
आइसले यसपटक पक्राउ परेका अपराधिक पृष्ठभूमिका भएको बताएको छ । उसले पक्राउ परेका एकजना मेक्सिकन पहिले पनि लागुऔषको कारोबारमा दोषी ठहरिएको बताएको छ । यसैगरी अर्को एकजना होण्डुरसको नागरिक बालिका बलात्कारको अभियोगमा पहिले पनि पक्राउ परेका व्यक्ति हुन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया