अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीलाई दिइएको विशेष सुविधा टीपीएस सन् २०२० को मार्च २४ सम्मलाई लम्बिएको छ । आज जुन २४ सम्मका लागि मात्र प्रदान गरिएको टीपीएस अदालतमा परेको मुद्दा फैसला नभएकाले नौ महिना थप भएको हो ।
नेपालमा गएको महाभूकम्पलाई ध्यानमा राखेर अमेरिकामा बस्दै आएका कागजपत्रविहीन नेपालीलाई अमेरिकाले टीपीएसको सुविधा दिएको थियो । सन् २०१५ जुन २४ देखि दिइएको सुविधा यसअघि दुईपटक थपिएको थियो भने पछिल्लो पटक ट्रम्प प्रशासनले नथप्ने निर्णय गरेको थियो ।
त्यस निर्णयका विरूद्ध अदालतमा परेको मुद्दा फैसला नभएकाले यसपटक नौ महिनाका लागि थप भएको हो । अहिदेको स्थिति हेर्दा त्यसपछि चाँहि टीपीएस बढ्न् सक्ने सम्भावना कम देखिएको छ।
अमेरिकामा रहेका करिव नौहजार कागजपत्रविहीन नेपालीले टीपीएस सुविधा लिएको अनुमान गरिएको छ ।