विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि अमेरिकामा १७ अभियोग लगाइएको छ। उनलाई सन् २०१० मा गोप्य सैन्य तथा कूटनीतिक दस्तावेज प्रकाशित गरेर अमेरिकाको जासुसी कानुन तोडेकोलगायतका गम्भीर अभियोग लगाइएका छन्।
यसअघि केवल कम्प्युटर ह्याकिङको अभियोग लगाइएकोमा अब भूतपूर्व सैन्य गुप्तचर अधिकृत चेल्सी म्यानिङलाई गोप्य दस्तावेज चोर्न सघाएको आरोप पनि थपिएको छ।
चेल्सी म्यानिङ विकिलिक्सबारे अनुसन्धान गरिरहेका एउटा मुख्य न्यायमण्डलसामु उपस्थित हुन अस्वीकार गरेपछि अहिले पुन: जेलमा छिन्।
धरौटीमा छुटेपछि अदालतमा मुद्दा खेप्न नआएको आरोपमा अहिले उनी अहिले लण्डनको जेलमा कैदीबन्दी जीवन बिताइरहेका छन्। सन् २०१२ मा लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिइरहेका उनलाई शरण दिन अस्विकार गरे लगत्तै गत अप्रिल ११ मा प्रहरीले पक्राउ गरेको थियो।
अस्ट्रेलियामा जन्मिएका असान्जको सुपुर्दगी अमेरिकाले मात्र हैन, स्विडेनले पनि खोजिरहेको छ।
स्वीडनमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेका बेला उनले लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिएकाले त्यही म्द्दा अगाडि बढाउन स्विडिस अधिकारीहरू उनको सुपुर्दगी चाहिरहेका छन्।
असान्जले भने आफूमाथि लागेका ती अभियोगलाई अस्वीकार गर्दै आएका छन्।