टेनेसी कोर्टमा परेको मुद्दा खारेज : खुल्यो एनआरएन अमेरिका चुनावको एउटा तगारोे

एनआरएन अमेरिकाविरूद्ध टेनेसी अदालतमा परेको पछिल्लो मुद्दा खारेज भएको छ। यो खारेजी एनआरएन अमेरिकाको आसन्न मे १९ र २०मा हुने चुनावको एक तगारो खुलेको छ। 
एनआरएन अमेरिकाका डा. केशव पौडेलले ब्रेक एण्ड लिंक्ससँग कुरा गर्दै यसको पुष्टि गरेका हुन्। उनका अनुसार एनआरएन अमेरिकाका पूर्वउपाध्यक्ष रविना थापा र उनका श्रीमान् नारायण थापाले  चुनाव रोकेर नयाँ मिति तय गनुपर्ने, नयाँ निर्वाचन कमिटी गठन गर्नुपर्ने, सदस्यता वितरणको म्याद थप्नुपर्नेलगायतका माग राख्दै दायर गरेको मुद्दा सुनुवाई भएपछि खारेज भएको हो। 
मुद्दा नै खारेज भएपछि एनआरएन अमेरिकाको संस्थापन पक्षलाई राहत मिलेको छ र यसले चुनाव हुने सम्भावनालाई अरू मजबुत बनाएको छ। तर, एनआरएन अमेरिकाविरूद्ध परेको अघिल्लो मुद्दाहरू विचाराधीन अवस्थामै छ। यस्तो अवस्थामा त्यो मुद्दामाथि हुने निर्णयले एनआरएन अमेरिकाको नयाँ चुनावले वैधता पाउँने हो कि हैन त्यसको छिनोफानो हुन बाँकि नै छ। 
छन् ।
अर्कोतिर, अध्यक्ष पदका एकजना उमेद्वार सुनील साहको उमेद्वारीको विषयलाई लिएर एनआरएन आइसीसीका तर्फबाट उत्तर अमेरिकाका संयोजक गौरी जोशीले छानविन कमिटी गठन गरेका छन् र त्यसको निर्णय बाहिर आइसकेको छैन। त्यसको निर्णयले पनि चुनाव प्रभावित हुन सक्ने सम्भावना ज्यूँकात्यूँ नै छ। 
जोशीले सर्भर डाउनमा साह जिम्मेवार देखिएमा सिंगो कार्यसमिति नै यस प्रकरणमा तानिने र त्यस्तो अवस्थामा चुनावको परिणाम मान्य नहुने बताइसकेका छन्। 
प्रकाशित मिति: : 2019-05-14 01:57:54

प्रतिकृया दिनुहोस्