बुधबार, १७ डिसेम्बर २०२५

ब्राजिलको एक विद्यालयमा गोली चल्यो, आठको मृत्यु

News Image
• • •

ब्राजिलको साओपाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा ८ जनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले दिएको जानकारी अनुसार सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको हो।

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन्। तर, यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!