अमेरिकामा कार्गो विमान दुर्घटना, दुई जनाको मृत्यु

फोटो :CBS

टेक्सस : अमेरिकाको टेक्ससमा बोइङ ७६७ कार्गो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मायामीबाट हाउसटनका लागि उडान भरेको सो विमान जर्ज बुस इन्टरकन्टिनेनटल एयरपोर्ट नजिकै रहेको नदीमा दुर्घटना भएको थियो।

कार्गो विमानमा तीन जना सवार रहेकोमा दुई जनाको शव नदीबाट फेला परेको र बांकी एक जनाको खोजी कार्य भइरहेको जनाइएको छ। एयरबोटको सहयोगमा नदीमा उद्धार टोलीहरुले खोजीकार्य गरिरहेको बताइएको छ।

एमेजोनका लागि एटलास एयर इन्कले सो विमान संचालन गरिरहेको बताइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2019-02-25 23:58:32

प्रतिकृया दिनुहोस्