बेलायतको लण्डनमा रहेको भारतीय दूतावास अगाडि नेपालको सीमाना मिचेको विरोधमा प्रदर्शन भएको छ। गैरआवासीय नेपाली संघ यूकेको नेतृत्वमा कालापानी लगायत अतिक्रमित क्षेत्रबाट तुरुन्तै भारतीय सेना हट्नुपर्ने, भारतले निकालेको नयाँ नक्सा सच्याउनुपर्ने जस्ता मागहरु राखेर नाराबाजी गरिएको थियो।
तत्काल नक्सा सच्याउने लगायतका विषयहरु समेटेर तयार पारिएको पत्र एनआरएन यूकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले हस्ताक्षर गरी भारतीय दूतावास मार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको छ।
निवृत्त गोर्खा सैनिक, विभिन्न संघ संगठनका प्रतिनिधि, समाजसेवी र वेलायतबासी नेपालीहरुको जुलुसमा सहभागिता रहेको थियो।
एनआरएनले संसारभरीका आफ्ना शाखालाई भारतले सिमाना मिचेको विरोधमा उत्रन अह्वान गरेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया