चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि शनिवार नेपालमा हुन लागेको दुई दिने भ्रमणले यति बेला परराष्ट्र मामिलाका जानकार र बुद्धिजीविहरु उत्साही देखिएका छन्। नेपाल भ्रमणका क्रममा राष्ट्रपति विधादेवी भण्डारी र उनका समकक्षी सी चिङफिङबीच भेटर्वार्ता हुनुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय हितका विभिन्न सम्झौंतामा हस्ताक्षर हुने सम्भावना छ।
यस बारेमा नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणा भन्छन्– नेपाल दुई ढुंगाबीचको तरुल भने जस्तै भारत–चीनबीच उभिएको सानो मुलुक हो। नेपालको भारतसँग राम्रो सम्बन्ध छ तर चीनले पनि पहिलेदेखि नेपालसँग राम्रो सम्बन्ध बनाउन खोजेको थियो। चिनियाँ क्रान्तिपछि त्यहाँ भएको विकासबाट नेपालले फाइदा लिन सक्नुपर्छ।
चिनियाँ राष्ट्रपतिको भ्रमणले भविष्यमा भारतसँग मात्र नभई चीनसँगको परराष्ट्र नीति पनि दोहाेरो सम्बन्धको आधारमा अगाडी बढ्ने कुरामा हिमालय शमशेर ढुक्क छन्। सन् १९६० मा भारत–नेपाल ब्यापार सम्झौंता गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी भन्छन्–हालसम्म नेपालको परराष्ट्र नीति पञ्चशीलको आधारमा भएको भनियता पनि भारतसँग एकतर्फी झुकाव थियो। अब भने चीन पनि अगाडी आएको छ। यसपालि राष्ट्रपति सीसँग नेपालले राम्रो सम्बन्ध स्थापित गर्न सकेको खण्डमा नेपालले विकासलाई अगाल्ने छ। यसमा भारतको टाउको दुखाई हुनु आवश्यक छैन र हुदैन् पनि।
हिमालय भन्छन्– चीनको भारतलगायत श्रीलंका, बंगलादेशसँग राम्रो सम्बन्ध छ। धेरै पहिलादेखि भारत नेपालले आफ्नो सल्लाह मानोस् र आफूले भनेको मानोस् भन्ने थियो। अब बालुवामा धेरै पानी बगिसक्यो। नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो। नेपालले स्वतन्त्ररुपमा आफ्नो कुरा राख्न सक्छ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बारे हिमालय शमशेर राणाको भनाई:
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया