सोमबार, १५ डिसेम्बर २०२५

गजल: सपना भारतमा पुग्यो रहर चीनमा पुग्यो

News Image
फाइल तस्बिर
• • •

कहाँ कहाँबाट कसरी एकछिनमा पुग्यो l
जहाज आकाशबाट हुँदै जमिनमा पुग्यो l

तिमि गएपछि अन्धकार भएको थियो
एक्कासी यो नजर लालटिनमा पुग्यो l

अब यी दुई चिज कसरी काबुमा राखौं?
सपना भारतमा पुग्यो रहर चीनमा पुग्यो l

बर्षौ पुगिसकेको छ मनमा बसेको छैन
उस्को तस्बिर मोबाइलको स्कृनमा पुग्यो l

जुनदिन नाती पाएर बहुत खुसी भए बा
छोरो मरेको खबर पनि त्यै दिनमा पुग्यो l

-सन्तोष उदाशी
अछाम

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!