६ वर्ष पहिला कोरिया आएका एक नेपालीको उपचारको क्रममा मृत्यु

कोरियाको अस्पतालमा करिब १० महिनादेखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ। ६ वर्ष पहिला कोरिया आएका रौतहटका संजय विकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन्।

३५ वर्षिय बिक पर्यटन भिसामा कोरिया आइ अवैधानिक रुपमा काम गर्दै आइरहेका थिए। उनी पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए। हेपाटाइटिस रोगबाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब भएको भन्दै कोरियामा रहेका बिभिन्न संघ संस्थाले आर्थिक संकलन अभियान पनि चलाएका थिए।

'निरन्तर को उपचार पश्चात पछिल्लो समय स्वास्थ्यमा केही सुधार देखिएको भए पनि अन्तत बाच्न सफल भएनन्' केसीले बताइन्। उनलाई गए राति अस्पतालले मृत घोषणा गरेको थियो।

हाल उनको श्रीमती पनि कोरिया रहेकोले उनको दाहसंस्कार कोरियामै गर्ने तयारि भैरहेको बताइएको छ। उनको एक छोरा समेत छन्।

घटनाबारे सोलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। श्रम कन्सुलर डिल्लीराम बास्तोलाले परिवारको इच्छा बमोजिम नै शवलाई कोरियामै दाहसंस्कार गर्ने सम्पूर्ण प्रक्रिया मिलाइएको बताएका छन्।

प्रकाशित मिति: : 2019-11-14 18:58:21

प्रतिकृया दिनुहोस्