सवारी दुर्घटनामा पूर्व सांसद महतोको मृत्यु

बिएल

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा सवारी दुर्घटनामा परेर पूर्व सांसद राम लखन महतोको मृत्यु भएको छ ।

शुक्रवार साईकलमा सवार पूर्व सांसद महतोलाई विश्वकर्मा चोकमा विपरीत दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

घाइते भएका सांसद महतोको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाए ।

ठक्कर दिने यात्रुबाहक बस र चालक प्रहरी नियन्त्रणमा छ ।

लखन तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: : 2019-11-01 17:46:04

प्रतिकृया दिनुहोस्