नेपालकै पहिलो इन्जिनियर डिल्लीजंग थापाको डिजाइनमा १९१७ सालमा बनाइएको दक्षिण एसियाकै पहिलो शुरुङ्ग मार्ग अहिले जिर्ण अवस्थामा छ।
मकवानपुरस्थित चुरियामाईमा रहेको याे सुरुङ्ग मार्गकाे शिलान्याश तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आजभन्दा करिब १ सय २ वर्षअघि गरेका थिए।
हेटौडाबाट करिब ७ किलोमिटर पूर्ब सडकखण्डमै पर्ने चुरियामाई मन्दिरको छेउमा भग्नावशेष अवस्थामा रहेकाे याे मार्ग ढोका जस्ता पाताले आधा छोपेर राखेको देखिन्छ।
तत्कालिन समयमा चुरेमाईबाट भीमफेदीसम्म यहि शुरुङ्ग मार्ग भएर गाडी आवतजावत गर्ने गर्थे। भारतकाे रक्सौलबाट रेलगाडीमा सामान आयात भएपछि उक्त सामान शुरुङ्ग मार्ग हुँदै काठमाडाैंसम्म भारियाले ल्याउने गर्दथे। सरकारले संरक्षण नगरेकाले सय वर्ष पुरानो शुरुङ्ग मार्ग खण्डहरमा परिणत भएको हाे।
स्थानीय मकवानपुरवासी देशकै पहिलो इन्जिनियर डिल्लीजंग थापा, जसले उक्त शुरुङ्गकाे डिजाइन गरेका थिए, उनका नातिनातिना आएर बाजेको सम्झनामा शालिक राख्ने कुरो गरेको बताउँछन्।
काठमाडाैंस्थित महाराजगंजमा बस्ने समाजसेवी चन्दा राणा तिनै इन्जिनियर डिल्लीजंगको नातिनी हुन्। उनले आफ्नो बाजेले गरेको काम खण्डहरमा परिणत भएकोमा दु:ख पोखिन्। उनले आफ्नै नामको निबेदन उक्त ऐतिहासिक शुरुङ्ग मार्ग संरक्षणका लागि लामो समयदेखि आफन्तसँग सरसल्लाह गर्नुका साथै पुरातत्व बिभाग रामशाहपथ, काठमाडाैंलाई पत्राचार गरेकाे बताइन्। चन्दाले २०७५ चैत्र ८ गते प्रदेश न ३ मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका स्थित चुरियामाई मन्दिर परिषरलाई चिट्ठी लेख्दै नेपालको पहिलो शुरुङ्ग मार्ग आवश्यक जनचेतना र आत्मबोधको अभावमा दिनानुदिन जिर्ण बन्दै गएको बताएकी थिइन। १९८० सालमा भारतको रुड्की कलेजबाट इञ्जिनियरिङ्ग सकेका डिल्लीजंग थापाले निर्माण गराएको १ किमि लामो शुरुङ्गबाट यातायातका साधनहरु आवत जावत गर्ने गरेको बिबरण नेपालका पहिलो भौगोलिक सर्वेक्षक टोनी हेगनको किताबमा समेत उल्लेख भएको पाइन्छ।