तेजाव आक्रमणमा परेकी वीरगञ्जकी चेली मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई एक भावुक पत्र पठाएकी छिन् ।
पत्रमा उनले तेजाव आक्रमण गर्नेलाई फाँसीको सजाय माग गर्दै अगाडि भनेकी छन् - 'हजुरको ठाउँमा म भएको भए अपराधीलाई फाँसी दिन्थें ।'
उनले यसअघि जेनी खड्का र संगीता मगरलाई तेजाव आक्रमण भएको बेला कडाभन्दा कडा कारबाही भएको आफू अस्पतालको बेडमा नहुने बताउँदै अगाडि लेखेकी छिन्- 'बिन्ति छ, यसपाली अपराधीलाई कडाभन्दा कडा सजाय गरियोस् ।'
यो पनि हेर्नुहोस्
एसिड पीडित मुस्कानको त्यो हिम्मत! (भिडियो)
उनले यसपाली कडा कारबाही भएमा यस्ता घटना नहुने विश्वास व्यक्त गर्दै अगाडि लेखेकी छिन्- 'हजुरसँग एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस् । यो घटना कसैमाथि नहोस् र कोही पनि अस्पतालमा अब तेजाव आक्रमण भएको चेलिबेटी आउनु नपरोस् ।'
प्रधानमन्त्री ओलीले खातुनको भावनाको सम्मान गर्छन् कि गर्दैनन् ?, त्यो चाँहि समयकै गर्भमा छ ।
माननीय प्रधानमन्त्रीज्यू,
म मुस्कान खातुन अन्सारी ।
मेरो तरफबाट नमस्ते । म एउटा तेजाव आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । म सँग घटेको यो सानो घटनाको पीडा भनिएको ठूलो घटना हो । पहिलो जेनी खड्कासँग र संगीता मगर तेजाव आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भैदिएको भए म यो अस्पतालको बेडमा हुन्थिन होला ।
प्रधानमन्त्रीज्यू, हजरको दुई तिहाइको सरकार छ, हजुरले तेजा आकरमण गर्नेलाई फाआसी दिए हुन्थ्यो । हजुरको ठाउँमा म भैदिएको भए यो अपराधीलाई फाँसी दिन्थे होला । यसपाली ठूलोभन्दा ठूलो सजाय पाओस् कि म जस्तो एउटा वालिकामाथि या चेलीमाथि र कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यस्तो पीडा अरू कोहीमाथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा हैन, एउटा दृशको ठूलो पीडा हो । आमा र बुबाको पनि पीडा एउटा ठूलो पीडा हो । यो पीडा कसैको आमा र बुबाले पनि नखप्नु परोस् । त्यो दोषीलाई यसपालि ठूलोभन्दा ठूलो सजाय होस् । मेरो हजुरसँग विन्ति र अपेक्षा छ । हजुरसँग एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस् । यो घटना कसैमाथि नहोस् र कोही पनि अस्पतालमा अब तेजाव आक्रमण भएको चेलिबेटी नआओस् भनी अनुरोध गर्दछु ।
धन्यवाद
हामीहरूको प्रधानमन्त्रीज्यू ।