बेलायतमा कन्टेनरमा मृत्त फेला परेका सबै चिनियाँ नागरिक

Agency

बेलायत प्रहरीले पूर्वी लन्डनमा बुधबार पक्राउ गरेको एक कन्टेनरमा मृतक फेला परेका ३९ जना सबै चिनियाँ नागरिक भएको खुलासा भएको छ।

मृतक मध्ये एक नाबालिक छन्। प्रहरीका अनुसार बुल्गेरियाबाट लन्डन हिँडेको कन्टेनर १९ अक्टुबरमा वाटरग्लाडे औधोगिक पार्कमा पाकिङ गरेको अवस्थामा फेला परेको थियो।

प्रहरीले घटनाको विषयमा भनेको छ, ‘यो दुःखदायी घटना हो। यति ठूलो संख्यामा मानिसले ज्यान गुमाए। मृत्यु कसरी भयो? यसको खोजी गरिरहेका छौं। कन्टेनरका चालकलाई शंकाको आधारमा पक्राउ गरिएको छ।’

प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भनेका छन्, ‘म यो घटनाबाट स्तब्ध छुँ र लगातार एसेक्स पुलिसको सम्पर्कमा छुँ। मृतकको परिवारसँग गहिरो संवेदना व्यक्त गर्न चाहन्छु।’

बेलायती गृहमन्त्री प्रिति पटेलले पनि यस घटनालाई दुःखद भनेकी छिन्। उनले पनि ट्वीट गर्दे भनिन्, ‘मानव तस्करी एउटा घृणित र खतरनाक कार्य हो। म विश्वस्त छु, एसेक्स पुलिसले हत्यारा पत्ता लगाइछाड्ने छ।’

यसअघि सन् २०१४ मा ३४ अफगान शिख डि–हाइड्रेशन, हाइपोथर्मिया र अक्सिजनको कमिका कारण शिपिङ कन्टेनरमा बेहोस फेला परेका थिए। यो घटनामा एक जनाको निधन भएको थियो।

जुन २००० मा डोवर शहरमा पनि ५८ चिनियाँ प्रवासी एउटा लरीमा मृत फेला परेका थिए।

प्रकाशित मिति: : 2019-10-24 17:01:50

प्रतिकृया दिनुहोस्