वीरगन्ज महानगरपालिकालाई बालमैत्री पालिका बनाउने अभियानमा नगर प्रमुख बिजय कुमार सरावगी आफैं होमिएका छन्।
'बाल श्रम अपराध' हो भन्ने महानगरपालिकाले पटक पटक सूचीत गरे पनि केही होटल, रेष्टुरेन्ट तथा नास्ता होटलका सञ्चालकले अटेरी गरेर बालकलाई श्रम गराएको सूचनाको आधारमा बिहिबारदेखि नगर प्रमुख सरावगी आफैंले बालबालिकालाई उद्धार गर्ने अभियानको नेतृत्व लिए।
वीरगन्जको माइस्थान, मिना बजार र होटल क्राउन प्लाजा रोजको नास्ता होटलमा नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिकाले गरेका अनुगमनमा ४ जना बालबालिलाई उद्धार गरेको छ।
नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिका बालमैत्री फोकल पर्सन मुकेश गुप्ता, बाल हेल्प लाइनका प्रमुख मुकेश साह, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रतिनिधि तनुजा श्रेष्ठ र अनिता राउत, बाल हेल्पका शम्भु साह र श्याम चौधरीलगायतको टोलीले अनुगमन गर्दा बालबालिको श्रम शोषण गरिएको पाएपछि उद्धार गरिएको हो।
वीरगन्जको माइस्थान र मिना बजारमा रहेको विभिन्न नास्ता पसलमा बालबालिलाई भाडा मझाउने, होटल सफा गराउनेजस्ता बालश्रम शोषणको कार्य गर्ने गराउने पाएपछि बाल बालिकालाई नियन्त्रणमा लिएर उद्धार गरिएको हो।
एक चोटिको लागि होटल व्यवसायीलाई पुनः यस्तो कार्य गर्ने गराउने गरिएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिएर उद्धार गरिएको बालबालिलाई अभिभावहरुको जिम्मा लगाउने गरि बाल हेल्पलाइनको जिम्मा लगाएको महानगरपालिकाले जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया