पोखराका कलाकार कृष्ण मर्सानीको सोख विचित्रको छ। उनी हरेक दिन बिहानै उठेर एक जनाको मुहारचित्र बनाउँछन्। अनि त्यसका बारेमा केही शब्द लेखेर फेसबुकमा पोष्ट गर्छन्।
पेन्सिल रंगले बनाइएका उनका चित्र आकर्षक हुन्छन्। उनी सर्वसाधारणदेखि नेता, कलाकार, साहित्यकार, पत्रकार आदिका चित्र बनाउँछन्।
हालसम्म उनले १२ सय भन्दा बढीको चित्र बनाइसकेका छन्।
भर्खरै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको जागिरबाट फुर्सदमा बसेका उनी ५७ वर्षमा हिँड्दै छन्। आफ्नै मुहारचित्र बनाएर नौलो अभियान शुभारम्भ गरेका उनले सुरुका दिनमा परिवार, आफन्त र साथीहरूका चित्र बनाए।
पछिल्लो समयमा कला, साहित्य, संगीत, संस्कृति, पत्रकारिता र पर्यटन क्षेत्रमा संलग्न व्यक्तिका चित्र कोरिरहेका छन्।
किन यसरी चित्र बनाउनु हुन्छ त ?
‘आत्मसन्तुष्टिका लागि’, उनी भन्छन्, ‘भबिश्यमा यी चित्र समेटेर एउटा पुस्तक प्रकाशन गर्नेछु।’
हेर्नुहोस् उनले बनाएका केही तस्बिरहरू