आखिर गाउँ किन पस्छ भालु?

तस्बिरः एजेन्सी

पछिल्लो एक दशकयता वर्षाको समयमा भालु आतंकका समाचारहरु राष्ट्रिय मिडियामा हरेक वर्ष जसो आइरहेका छन्। ती हरेक खबरमा जुम्ला नछाएको वर्ष छैन। कहिले 'भालु गाउँ पस्यो', कहिले 'एकै सातामा यति वटा गाई मार्‍यो' त कहिले 'भालु आतंकका कारण गाउँले त्रसित' जस्ता हेडलाईनमा। 

साधारणतया भालु लामो थुतुनो, लामा रौंले ढाकेका खुट्टाहरु, लामा र बलीया नङ्ग्रा भएका पन्जा र छोटो खालको पुच्छर भएको जनावर हो। भालु एक हिँस्रक तथा खतरनाक पशु हो। आधुनिक भालुको शरीर ठूलो र लामा रौंले ढाकेको हुन्छ।

ध्रुबीय भालु पूर्ण रूपमा मांसहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँसमात्र खाएर बाँच्छ। यी दुई प्रजाती बाहेकका अन्य ६ प्रजातिका भालुहरु सर्वहारी हुन्छन्। जसले वनस्पति तथा जनावर दुबैलाई आफ्नो आहार बनाउने गर्छन्।

शारीरिक सम्पर्क र बच्चा हुर्काउने समय बाहेक भालु एक्लै भेटिन्छ। यसलाई एकान्तप्रिय पनि भनिन्छ। भालु दिनमा सक्रिय हुने जनावर भए पनि मानव बस्ती नजिकको वनजंगलमा बस्ने भालुहरु साँझपख र राति पनि सक्रिय हुने गर्छन्। भालु जमिनमा परेका खाडल र गुफामा बस्ने गर्छ।

यो पनि हेर्नुहोस्- ढिलो गरे तर राम्रो गरे 
- नवीन अर्याल

पारसले राजीनामा दिँदै गर्दा आफ्नो सोशल साइटबाट एउटा सन्देश दिन खोजेका छन्, ‘एउटा नयाँ सुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरूलाई अगाडि बढाउन नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छुँ।’ उनको सन्देशले एउटा कुरा स्पष्ट पारेको छ– उनले क्यानको नयाँ नेतृत्वलाई सहज तुल्याउन राजीनामा गरेका हुन्। Details

मानव वस्ती नजिक बस्ने भालु आहारको खोजीमा राति सक्रिय हुने हुनाले रातिको समयमा मान्छेका बालीनाली तथा फलफूलको बगैंचामा पसेर खाने तथा बिगारिदिने गर्छ। त्यही बेला केहिलेकाहीँ मान्छेसँग जम्काभेट हुन्छ र आक्रमण गर्छ। यसरी भालुको आक्रमणमा परेका मान्छेहरु अहिले पनि गाउँघरमा भेटिन्छन्।

भालुले मानिसको टाउको र अनुहार माथि आक्रमण गर्छ र मानिस भुइँमा लडेपछि मात्र टोक्ने गरेको बताइन्छ। तर रातको समयमा चर्न निस्कने हुनाले सितिमिति मान्छे र भालुको भेट भैहाल्दैन। मान्छे जति भालुदेखि डराउँछ उति नै भालु पनि मान्छेदेखि डराउँछ भन्ने मान्यता गाउँघरमा पाइन्छ। यसले भालुको डर छैन भन्ने देखिन्छ। यति हुँदाहुँदै पनि आखिर भालु गाउँ किन पस्छ त?

यही महिनाको २२ गते जुम्लाको गुठीचौर गाउँपालिका -५ मा बिहान कालो भालु एकाएक बस्तीमा पसेर मान्छेहरुलाई आतंकित बनायो।

उसले आतंकित मात्र बनाएन, तीन जनामाथि आक्रमण पनि गर्‍यो। उक्त आक्रमणमा परी गुठिचौर -५ का काले दमाई, बसन्ती भण्डारी र खगेन्द्र अधिकारी घाइते भए।

यो खबर पाउने बित्तिकै वन डिभिजन कार्यालयको टोली भालु धपाउन खटियो। टोलीले गुठिचौर -४ को उखाडी जंगलसम्म लखेट्यो पनि। वन डिभिजन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्रीका अनुसार सुरक्षितस्थल तिर लखेटेको भालुले २३ गते उखाडी गाउँमा आतंक मच्चायो। त्यहीँका मानबहादुर भण्डारी र गज्र्याङकोटका ईश्वर बुढालाई फेरि घाइते बनायो।

मान्छे स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने स्थिति नबनेपछि गाउँलेले प्रहरीलाई भालु मारिदिन आग्रह गरे। गाउँलेको उक्त आग्रहलाई प्रहरीले माथिको आदेश नभएको भन्दै भालुलाई मार्न मानेन। आतंकित गाउँलेहरु आक्रोशित भएर प्रहरीमाथि जाइलागे र स्थिति तनावपूर्ण बन्यो।

यो पनि हेर्नुहोस्

सी चिनफिङको इन्डो-नेपाल यात्राः उताको 'ऋषि-मन', यताको 'सिसी- मन'  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई मन्दिरको छेवैमा बसाएर नरिवल पानी पिलाएको तस्बिर सार्वजनिक हुँदै गर्दा हाम्रा महिला राष्ट्रप्रमुख र विरामी सरकार प्रमुखका हातका गिलासले सीसँगै चियर्स गरेका तामसी दृश्य हामी नेपालीका घर घरमा पुगे । सन्देश प्रष्टै छ- मोदीको राजमा 'ऋषि-मन', ओलीको देशमा 'सिसी- मन' ।Details

अन्ततः प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० (ख) बमोजिम भालु मार्ने आदेश दियो। ऐनको दफा १० (ख)मा ‘कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर आई, मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नुपर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने छ’ भन्ने प्रावधान छ र सोही अनुसार भयो। यसले जंगली जनावरका विषयमा एक तहमा बहस सृजना गर्‍यो। 

भालुका विषयमा अनेक टीका टिप्पणी भए। खत्रीले भालुलाई बहुला प्रकृतिको, हिंस्रक (म्यान इटर) प्रकारको भने। ‘भालुलाई सुरक्षितस्थल तिर पठाउने अधिकतम पहल भएको थियो। तर, भालुले जंगलतिर जान मानेन्' उनले भने।

वन डिभिजन कार्यालयका अनुसार जुम्लामा रातो र कालो भालु पाइन्छ। तर पछिल्लो समयमा रातो भालु देखिएको छैन्। कालो भालुको विगविगी बढिरहेको छ।

जुम्लाको जंगलमा कति वटा भालु छन्? कुनै आँकडा छैन। तर वन डिभिजन कार्यालय भने भालुको संख्या तिव्र रूपमा वृद्धि भएको हुनाले आहारा नपाएर गाउँ पसेको तर्क राख्छ।

आईयुसीएनले कालो कण्ठे भालुलाई लोपोन्मुख समूहमा सूचीकृत गरेको छ। बासस्थान विनाश र चोरी सिकारीका कारण यो भालुको प्रजाति विश्वभर लोपोन्मुख अवस्थामा पुगेको भन्ने छ।

यसको पित्त र छालाको अवैध व्यापार हुँदै आएको छ। विशेषतः यो वन्यजन्तुको पित्त पूर्वी एसियामा हजारौं वर्षदेखि परम्परागत औषधिका निम्ति उपयोग हुने गरेको पाइन्छ।

यसको प्रयोगबारे लेखिएको एक अभिलेख ईसापूर्व ६ सय ५९ वर्षअघि प्रकाशन भएको पाइन्छ। ज्वरो कम गर्न र कलेजो सुन्निएको निको पार्न यसको प्रयोग हुने गरेको बताइन्छ। यसको प्रयोगले आँखाको ज्योति बढ्ने र पत्थरी निको हुने जन विश्वास छ।

यसको पित्तमा महत्त्वपूर्ण जैविक रसायनहरु पाइन्छन्। यस्ता रसायनहरु मानव कलेजो उपचारमा उपयोगी हुन्छन्। पित्तमा पाइने रसायनले मधुमेह लगायत मस्तिष्क सम्बन्धी खतरनाक समस्या उपचारमा उपयोगी हुने जानकारी आईयुसीएनले जनाएको छ।

यो प्रजातिको भालु इरान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, भूटान, चीन, कोरिया, ताइवान, जापान, कम्बोडिया, म्यान्मार, रूस, थाइल्यान्ड, भियतनाममा पाइन्छ।

नेपालमा पहाडी तथा हिमाली भेगमा पाइए पनि नेपालमा यसको संख्या कमै भएकाले यसलाई संकटापन्न (इन्डेन्जर्ड) समूहमा सूचीकृत गरिएको छ।

यस्तो अवस्थामा संख्या नै गणना नगरी अनुमानको आधारमा आएको वन कार्यलयको तर्कलाई पत्याउने कुनै आधार छैन।

तर गाउँलेहरु त्यो तर्क स्वीकार्न तयार छैनन्। जंगल मासिएका कारण गाउँमा आहाराको लागि झरेको हुन सक्ने अनुमान गर्छन्। यसमा गाउँलेहरुको भनाइ बलियो देखिन्छ। जुन  क्षेत्रमा भालुको आतंक मच्चियो त्यहीक्षेत्रमा सबैभन्दा बढी जंगल फडानी भएको छ। केही गाउँलेहरुका अनुसार झण्डै असी हजारदेखि एक लाख वर्गमिटरसम्म जंगल एकै जनाले फडानी गरेका छन्। यसरी फडानी गर्नेहरुको संख्या बढेपछि जंगल विनाश हुँदै गैरहेको छ। जसका कारण जंगली जनावरहरुको आहारस्थल पनि घटिरहेको छ भने आहारा पनि पाइन छोडेका छन्।

जंगल किनारमा आहारा प्रजातिका जंगली जनावर कम हुन्छन्। त्यसैले बेलाबखत आहारा खोज्न मानव बस्तीतिर आउँछ। आतंक मच्चाउने शृङ्खला चलिरहन्छ।  

पछिल्लो समय मानव बस्तीसँग जंगली जनावरहरुको सम्पर्क बढ्दो छ। आहारा प्रजाति हुने जनावरका लागि ठुलो जंगल चाहिन्छ। विभिन्न कारणले जंगल खण्डीकरण हुँदा उनीहरुले बच्चा जन्माउने, हुर्काउने र चर्ने ठाउँ कम भैरहेको छ। त्यसैले आहारा पनि घटिरहेको छ। जंगलमा आहारा नपाएपछि भालु मानिसको बस्तीसम्म आउनु स्वाभाविक नै भयो।

यो पनि हेर्नुहोस्- 

एनआरएनलाई सुधार्न : यसो गरे, कसो होला ? 

संसारभर छरिएर रहेका परदेशी नेपालीका प्रतिनिधि यतिबेला घरदेशमा पुगेर नयाँ नेतृत्व छान्ने अभ्यासमा लागेका छन् । तर, दुर्भाग्य घरदेशबाट परदेश पुग्दा पनि उही चारतारे र हसिया हथौडा झण्डाकै मुनि बस्ने प्रवृतिले एनआरएन अभियानलाई 'घुम्दैफिर्दै रूम्जाटार' बनाइदिएको छ। यो पीडादायी छ, यद्यपि एनआरएनलाई राजनीतिमुक्त संस्थाका रूपमा हेर्न चाहनेलाई थाक्न पाइँने छुट छैन । Details

पानीका मुहान र स-साना खोलानाला जोगाउन जंगल जोगाउनुपर्छ। जंगल जोगाउनु भनेको शाकाहारी प्रजातिका जन्तु बढ्नु हो। तिनले त्यहाँको पारिस्थितिक प्रणाली सन्तुलित राख्न भूमिका खेल्छन्। तर तिनको संख्या बढ्यो भने जंगल मासिँदै जान्छ। मांसाहारी जीवले तिनको संख्या सन्तुलन राख्छन्। परिणाम भालु जस्ता हिंस्रक जनावर गाउँ पस्दैनन् र आतंकित हुनुपर्दैन।

भालु गाउँ पस्न हामीले नै बाध्य पारेका छौं। हामी सोच्छौ हाम्रा भौगोलिक संरचनाहरु उभिएका छन्, बस् यत्ति हो। तर, यी आफूमात्रै उभिएका छैनन्, सिंगो सभ्यता बोकेर बसेका छन्। यी संरचना भनेका त्यस भेगका जनजीवन, जीवजन्तू र जैविक विविधता पनि हुन। यसलाई मनन गर्ने कि!

प्रकाशित मिति: : 2019-10-16 09:22:52

प्रतिकृया दिनुहोस्