'तपाईले भन्न खोज्नु भएको के हो ?'
ह्यात् (उत्तेजित हुँदैं) ‘सबै नेपाली । यो बादी त्यो बादी नभन्नुस् । राजावादी भनेको छुट्याउने कुरा हो । वादी भनेको छुट्याउने कुरा हो । हामी नेपाली । हामी नेपाली ।'
बुलेट बाइकमा हेलमेट लगाएर बसेका एक तन्नेरी आफ्ना एक शुभेच्छुकलाई यसो भनिरहेका छन् ।
अर्का एक शुभेच्छुक आएर भन्छन्- 'उहाँले भन्नुभएको एकदम ठिक हो ।हामी नेपाली हौं । तर, एउटा कुरा अलिकति के छ भने नि ... '
ती युवक भन्छन्- 'ह्वाटेभर इज । केही छैन ।'
यतिबेला सम्ममा एक युट्युवे 'हट अवतार' छेउमा आएर उनको बायकको पछाडि चढिसकेकी हुन्छिन् । त्यसपछि ती युवक 'ह्वाटेभर इज' भन्दै ती हट-अवतारालाई राखेर हुइँकिन्छन् ।
मानिसहरू हेरेको हेरै हुन्छन् ।
यो दृश्य पोखराको हो । र, ती बुलेट बाइकका युवक हुन् पूर्वयुवराज पारस शाह । अनि, ती हट अवतार हुन् सोनिका रोकाय ।
सुमन नामको अकाउन्टबाट अपलोड गरिएको यो भिडियो अहिले भाइरल भएको छ ।
ती युवकलाई भविष्यमा नेपालको राजा देख्न चाहने केही आँखाहरू घरदेशदेखि परदेशसम्मै छन् । तर, उनको यो पछिल्लो हिमचिम भने ती आँखालाई निराश बनाउने खालका छन् ।
ती युवती यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी हुन् । आफूलाई हट अवतार बताउने उनी केही समययता पारससँग डेटिङमा छिन् । र, उनी पारसलाई उपयोग गर्दै रंगीला तस्बिरहरू अपलोड गरिरहेकी छिन्, टिकटक बनाइरहेकी छिन् । उनी आफू चर्चामा ल्याउन जुनसुकै किसिमको हर्कत गर्न पनि तयार जस्तै देखिन्छन् ।
हेर्नुहोस् त्यही भिडियो
महिलाका मामलामा 'लुज क्यारेक्टर' ठानिएका पारसको त्यही चरित्रका कारण उनले घरबार मात्र बिगारेनन्, जीवन नै बर्बाद पारिसके । त्यही उनको लुज क्यारेक्टरबाट सोनिकाले फाइदा लिइरहेको पारसका शुभचिन्तकहरू बताउँछन् ।
ब्रेक एन लिंक्सले त्यो भिडियाोको पृ्ष्ठभूमिका बारेमा जान्न स्रोतसम्म पुग्ने प्रयास गर्यो । त्यही संवादमा 'तर, एउटा कुरा अलिकति के छ भने नि ...' भन्ने पात्रलाई सम्पर्क गर्दा उनले भने- पूर्वयुवराजा त्यहाँ आएर त्यो केटीलाई पर्खिरहने र त्यो केटी आएपछि कतै जाने दैनिक रूटिन नै भएपछि हामीलाई नराम्रो लाग्यो । उनको सुरक्षा पनि नहुनेजस्तौ लाग्यो । हामी उहाँको शुभेच्छुक भएकाले हामीले युवराजकै हितका लागि त्यसो भनेका हौं ।' निराश हुँदै उनले अगाडि भने, 'तर हाम्रो केही सीप लागेन ।'
उनले दिक्क मान्दै भने- 'जब युवराज त्यसो भन्दै हुँइकिए, हामीलाई मानिसहरूले ‘देख्यौ त तिमीहरुका राजारानी ?’ भनेर गिल्ला गरे ।
तर, एउटा कुरामा भने उनलाई गौरव लागेको बताए - ' जब हामीलाई यो वादी त्यो वादी नभन्नु, सबै नेपाली भन्नु भन्ने सल्लाह बक्स भयो, त्यो भने हामीलाई राम्रै लाग्यो ।'