सशस्त्र प्रहरीका हवल्दार र जवान घुससहित पक्राउ

सांकेतिक तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी हवल्दार र जवान गरी दुई जनालाई घुससहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरी रहेका छन् ।

शुक्रबार भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको २० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको भजनी नगरपालिका–१ बाट पक्राउ गरिएको अख्तियार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख प्रेम बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-04 16:28:19

प्रतिकृया दिनुहोस्