बुधबार, १७ डिसेम्बर २०२५

घुस रकम लिएको आरोपमा नापी कार्यालयका कर्मचारी पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

घुस रकम लिएको आरोपमा नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारी पक्राउ परेका छन् ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा ख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!