अरिङ्गालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु

सांकेतिक तस्बिर

गुल्मीमा अरिङ्गालले टोकेर आइतबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरु गाउँपालिका– १ रिडीका १२ वर्षीय पवन अधिकारी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

विद्यालयबाट घर फर्कने क्रममा बाटोमा उनलाई अरिङ्गालले टोकेको थियो ।घाइते बालकलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मीमै खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–२ पिलधाराका ६४ वर्षिय भिमबहादुर कुँवर रहेका छन् । कुँवरलाई शनिवार साँझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।

प्रकाशित मिति: : 2019-09-22 16:42:53

प्रतिकृया दिनुहोस्