उपत्यकाका सहकारीमा चोरी गर्ने दुई जना पक्राउ

फाइल तस्बिर

उपत्यकाभित्र रहेका सहकारी तथा वित्तिय संस्थामा चोरी तथा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिकाका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेका छन् ।

महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार उनीहरुले भदौ २५ गते बिहान २ बजेको समयमा काठमाडौं पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको जानकारी दिएको छ।

उनीहरुले संस्थाको कोठा फोडेर सात लाख उनान्नई हजार नौ सय बयानब्बे रुपैयाँ र विभिन्न व्यक्तिका कागजात चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रहरीले उनीहरुको साथबाटचोरी गरी लगेको फलामको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, त्रिपन्न हजार रुपैयाँ बरामद गरेको छ।

प्रकाशित मिति: : 2019-09-17 13:59:52

प्रतिकृया दिनुहोस्