पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन

नागरिक

वीरगन्ज– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले मोतिहारी डिपोबाट पहिलो पटक पठाएको डिजेल बिहीवार साँझ बाराको अमलेखगन्जस्थित निगमको डिपोमा आइपुग्न लागेको छ। पाइपलाइनका योजना बिज्ञ शरद पौडेलका अनुसार डिजेलअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको छ। पानीपछि ‘टिज’ भन्ने रसायन (केमिकल) पठाएर पाइपलाइन सफा गरिएको छ। अब डिजेल भित्रिँदै छ।

‘हाइड्रो टेस्टिङ्ग’ भनिने पानीवाला परीक्षण सफल भएपछि ‘आईओसी’ले डिजेल पठाएको नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए। मोतिहारीबाट हालिएको डिजेल बिहीबार साँझसम्म पाइपलाइनबाट निगमको अमलेखगञ्ज डिपोमा भित्रिन लागेको यादवले जानकारी दिए। ‘बुधवार मोतिहारीबाट डिजेल हालिएको छ, बेलुकासम्म अमलेखगञ्ज आइसक्छ’, उनले नागरिकसित भने, ‘त्यसपछि औपचारिक रुपमै उद्घाटन गरेर पाइपलाइनबाट डिजेलको नियमित आपूर्ति हुनेछ।’...

प्रकाशित मिति: : 2019-07-19 02:51:36

प्रतिकृया दिनुहोस्