बुटवलको सुनौली नाका हुँदै भारत जाने नेपालीलाई गाडी भाडा अब महंगो पर्ने भएको छ। सुनौली–गोरखपुर खण्डमा रहेको चार–लेनको सडकमा भारतले कर उठाउन अर्को टोल प्लाजा थपेपछि गाडीको भाडा दर महंगो भएको हो।
पहिले यो खण्डमा एउटा मात्र टोल प्लाजा थियो। सुनौली–गोरखपुर राष्ट्रिय राजमार्गस्थित नौतनवाको छपवामा नवनिर्माण भएको टोल प्लाजा आइतबारदेखि सुचारु भएको छ। टोल प्लाजाको परियोजनाका व्यवस्थापक प्रदीप श्रीवास्तवले रिबन काटेर उद्घाटन गरेका थिए।
कर कट्टीको प्रावधान पनि आइतबारदेखि सुरु भएको थियो। अब गाडी मालिकले प्रतिदिन ३० देखि १ सय ८५ भारतीय रुपैयाँ दिनुपर्ने छ। हल्का सवारी साधन जस्तै कार, जीप, भ्यान गोरखपुरतर्फ जाँदा सिङ्गल यात्राका लागि ३० रुपैयाँ र नेपाल फर्किदा ४५ रुपैयाँ दिनुपर्नेछ।
यस्तै, ढुवानी गाडी, मिनी बसका लागि एउटै मात्र रुटका लागि ४५ भारतीय रुपैयाँ र दोहोरो रुटका लागि ७० रुपैयाँ बुझाउनु पर्नेछ।
बस र ट्रकको सिङ्गल इन्ट्रीका लागि १ सय ५ भारतीय रुपैयाँ र दोहोरोको १ सय ६० रुपैयाँ कर तिर्नु पर्नेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया