मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक सम्मेलन जोर्डनमा

तस्बिरः एजेन्सी

मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकहरूका करिब ५० मुलुकका एक हजार प्रतिनिधि सहभागी ‘वल्र्ड इकोनोमिक फोरम’ शनिबारदेखि जोर्डनको राजधानी अम्मानमा शुरू भएको छ ।

उक्त १७ औँ क्षेत्रीय सम्मेलनले मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकहरूमा रहँदै आएका जटिल आर्थिक चुनौतिलाई सम्बोधन गर्ने संयुक्त प्रयास थाल्ने बताइएको छ ।

‘सम्मेलनले यस क्षेत्रको आर्थिक वृद्धिका लागि बृहद् सहभागिता जुटाउने एउटा मञ्च हुनेछ,’ जोर्डनका राजा अब्दुल्लाह द्वित्तीयले मृतसागर क्षेत्रमा आयोजित सम्मेलनका सहभागीलाई सम्बोधन गर्दै भने,‘जोर्डनको शिक्षमा र आविस्कारप्रतिको लक्ष्य आफ्नो मुलुकको उद्यमको अवस्थालाई शुरू गर्ने विशेष सुत्र भएको छ।’

सवैको सहभागितामूलक सहकार्यबाट समग्र क्षेत्रलाई आधुनिक प्रबिधिसँग परिचित बनाउने मौका मिल्ने उनले बताए। ‘हामीले आर्थिक वृद्धिका लागि प्रशस्त र वास्तविक मौका खोजिरहेका समयमा सम्मेलन सहकार्यका लागि एउटा कोशेढुङ्गा हुनेछ । जोर्डनको आर्थिक वृद्धिको अवस्था अहिले आशालाग्दो अवस्थामा रहेको छ,’ उनले भने।

आफ्नो मुलुकले आर्थिक विकासको अवसर वृद्धिका लागि यस क्षेत्रमा सक्रियारूपमा सहयोग गरिरहेको जार्गनका राजाले बताए।

सम्मेलनलाई सम्वोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनले सामना गरेका दवावलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने बताए।

‘सिरियाली सङ्कट र प्यालेष्टिनी–इजरायली द्वन्द्वको प्रभावबीच जोर्डनलाई निजी क्षेत्र र आर्थिक विकासका लागि लगानीको व्यापक मौका रहेको छ ,’ उनले भने।

मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्केवावले उक्त क्षेत्रमा विकासका व्यापक सम्भावना रहँदारहँदै पनि द्वन्द्वका कारण निकै पछि परेको बताए।

‘हामीले इराक र सिरियामा जारी द्वन्द्व, इजरायल–प्यालेस्टाइनबीचको सम्बन्धलाई सुधार गर्नका लागि लामो समयदेखि यस क्षेत्रले जनाउँदै आएको प्रतिवद्धताप्रति तयार भएका छौँ । संयुक्त प्रयासले समस्याको समाधानका लागि बाटो निर्माण गर्नेछ,’

स्केवावले भने।

प्रकाशित मिति: : 2019-04-06 23:11:03

प्रतिकृया दिनुहोस्