सांसद देवेन्द्रराज कँडेलले भने– दोहोरो नागरिकता भए जस्तोसुकै कारवाही भोग्न तयार छु (भिडियोसहित)

बिएल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक भएको तथा आफ्नो नाम भारतीय मतदाताको नामावलीमा भएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्म्ेलन गरी उनले आफ्नो दोहोरो नागरिकता भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको समेत बताए। उनले आफ्नो नाममा कसैले भारतमा एक इन्च जग्गा भएको प्रमाणित गरे सरकारले जस्तोसुकै कठघरमा उभ्याएपनि तयार रहेको बताए। भारतीय नागरिक भएको भन्दै विवादमा आएका नेपाली कांग्रेसका सांसद कँडेलले भारतको निर्वाचनमा भाग लिएको कुनैपनि प्रमाण देखाउन पनि चूनौति दिए। उनले आफुलाई फसाउने षड्यन्त्र भइरहेको दावी भन्दै आफू सानैदेखि भारतमा बसेर पढेको र त्यहाँ साथीको घरमा बस्ने गरेको बताए। आफू भारतमा बस्ने गरेपनि भारतमा कुनैपनि निर्वाचनमा भाग नलिएको दाबी गरे। उनले आफू शान्तिका लागि लडेको तर आफूलाई भारतीय भन्दै आरोपित गरिएको भन्दै दुःख व्यक्त गरे।

नवलपरासीको रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ मा २०१३ साल चैत ४ गते जन्मिन्भएका कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च निर्वाचित भएका थिए। त्यस्तै २०५१ र २०५६ सालमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वाचित कँडेल संसदीय दलको सचेतकसमेत भएका उनी २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित भएका थिए। सांसद कँडेलमाथि भारतीय नागरिक भएको र त्यहाँको नागरिकका रुपमा उहाले निर्वाचनमा मतदान समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-10-23 19:19:10

प्रतिकृया दिनुहोस्