विप्लव समूहका युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

सांकेतिक तस्बिर

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका म्याग्दी जिल्ला अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

मालिका गाउँपालिका १ रिठ्ठेचौरबाट युवा संगठनका जिल्ला अध्यक्ष धनबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पुनलाई सोमबार पक्राउ गरेर साँझ बेनी ल्याएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

पक्राउ परेका पुन मालिका गाउँपालिका १ निस्कोटका हुन् । उनी प्रतिबन्धित विप्लप समूहको गतिविधिमा संलग्न भएको, एनसेल टावर आगजनी गरेको, जनप्रतिनिधि तथा व्यापारीलाई चन्दा माग्ने कार्यमा संलग्न भएको प्रहरीको आरोप छ ।

प्रकाशित मिति: : 2019-10-22 12:19:25

प्रतिकृया दिनुहोस्