बेलायतमा हरेक वर्ष करिब ५० लाख मेट्रिक टन प्लास्टिकको फोहोर निस्किने गर्छ। जसको एक तिहाई फोहोर पनि रि–साइकल हुदैन। बेलायती कम्पनी पावर हाउस एनर्जीले प्लास्टिकको यही फोहोरबाट इन्धन उत्पादन गर्ने भएको छ।
पावर हाउस एनर्जीले एउटा फर्मुलाको विकाश गरेको छ, जसमा प्लास्टिकका फोहोरलाई पहिले सानो टुक्रा बनाएर करिब १८ सय डिग्री फरनहाइट (८१५ डिग्री सेल्सियस) तापमानमा पगाल्ने काम गरिन्छ। यसबाट सेन्थेटिक ग्यास उत्पादन हुनेछ, जुन हाइड्रोजन, मिथेन र कार्बन मोनो–अक्साइडको मिश्रण हो।
कम्पनीका अनुसार सेन्थेटिक ग्यासलाई जलाएर बिजुली उत्पादन गर्न पनि सकिन्छ। र, यसबाट हाइड्रोजन निकालिएको खण्डमा गाडीमा इन्धनको रुपमा प्रयोग गर्न सहज हुनेछ।
ब्याट्रीबाट चल्ने गाडीको तुलनामा हाइड्रोजन इन्धनबाट चल्ने गाडी धेरै कारणले उपयोगी हुने बताइएको छ। यसबाट गाडीलाई लामो समय चलाउन सकिने छ। अर्को फाइदा–इन्धन हाल्न थोरै समय भए पुग्छ। जबकी ब्याट्री चार्ज गर्न घण्टौं समय लाग्ने गर्दछ।
पावर हाउस एनर्जीका अनुसार यातायातका लागि हाइड्रोजन उत्कृष्ट इन्धनको विकल्प हो। ठूलो बस तथा ट्रकमा यसको प्रयोग गर्न सकिने छ। बेलायतमा हाल यस्तो इन्धन स्टेशन २० वटा मात्र छ। जापानले २०२५ सम्म दुई लाख हाइड्रोजन कार सडकमा दौडाउने लक्ष्य राखेको छ। जापानले ३ सय २० फ्युल स्टेशन जडान गर्ने तयारी गरिरहेको छ।
अमेरिकाको गैरसरकारी संस्था युनियन अफ कन्सर्न साइन्टिस्टका अनुसार हाइड्रोजनयुक्त गाडीले हालको गाडीको तुलनामा ३० प्रतिशत कमले कार्बन उत्सर्जन गर्छ। पावर हाउस एनर्जीले बेलायतको ११ स्थानबाट प्लास्टिकको फोहोर संकलन गरेर इन्धन बनाउने प्रक्रिया सुरु गर्दैछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया