भारतको चन्द्रमा अभियानमा गम्भीर धक्का लागेको छ। शनिबार नेपाली समयअनुसार बिहान २ बजे चन्द्रमामा अवतरण गर्नुपर्ने बिक्रम नामको ल्याडर सम्पर्कभन्दा बाहिर भएपछि चन्द्रमामा पाइला टेक्ने चौथो देश बन्ने भारतीय अभियानमा गम्भीर धक्का लागेको हो।
यसअघि अमेरिका, रुस र चीनको विमानले चन्द्रमाको सफल परीक्षण गरिसकेका छन्। भारत चौथो देश बन्ने अभियानमा थियो।
बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि समावेश रहेको बेग्लोरस्थित भारतीय स्पेस सेन्टर (इसरो) मा भारतीय बैज्ञानिकहरू त्यति बेला निराश भए, जब चन्द्रमाको सतहभन्दा २ दशमलव १ किलोमिटर अगाडि नै बिक्रम ल्याडरसँग सम्पर्क बिच्छेद भयो।
याे पनि: के भारतको चन्द्रयान मिशन सफल होला? आज राती ऐतिहासिक दिन
यसको घोषणा भारतीय बैज्ञानिकले साढे २ बजे गरेका थिए। बैज्ञानिकहरूले बिक्रम ल्याडर सम्पर्कबाहिर हुनुअघि प्राप्त तथ्यांकको अध्ययन गरिरहेका छन्। इसरोका अध्यक्ष डा. के सिवनले भने, ‘हामी आर्बिटरको सहयोगले सबै विषयमा अध्ययन गर्छो।’
विक्रम ल्याडर भारतीय अन्तरिक्ष विज्ञानको इतिहासमा इतिहास रच्नुभन्दा ६९ सेकेन्ड अगाडि नै पृथ्वीसँग सम्पर्क बिच्छेद भएको बताइन्छ। चन्द्रयान–२ नाम गरिएको यो अभियानअन्तर्गत भारतीय यान चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गर्नुपर्ने थियो।
भारतले यो अभियानका लागि ९ सय ७८ करोड भारतीय रुपैयाँ खर्चिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया