'भिटेन' का नामले चर्चित र्यापर समिर लामा घिसिङ रिहा भएका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहका अनुसार समिरका बुबाको जमानीमा शुक्रबार बेलुका रिहा भएका हुन् ।समिरलाई कार्तिक १३ गते कार्यालयमा बोलाइएको छ।
यसअघि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा समिरलाई बुधबार झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी परिसर ललितपुर पठाइएको थियो ।
समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने जनाएको थियो ।तर, बुबाले जमानीमा रिहा गर्न माग गरेपछि उनि रिहा भएको एसपी सिंहले बताइन् ।
समिरविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको एसपी सिंहले जानकारी दिइन्।कसुर पुष्टि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
दुई दिनअघि मात्रै उच्छृङ्खल 'ह्याप्पी तिहार, चिसो बियर...' गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि छाडिएको थियो।
गृह मन्त्रालयले उच्छृङ्खल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारबाही गर्ने विज्ञप्तिमार्फत सूचना समेत जारी गरेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया