बलिउडका सुपरस्टार अमिताभ बच्चनले एसिड आक्रमणबाट गम्भीर घाइते भएकी मुस्कान खातुनलाई एउटा भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका छन्।
अमिताभले खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापामार्फत उक्त भिडियो सन्देश पठाएका हुन्।
अमिताभको भिडियो सन्देश बुधबार कीर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना भएकी मुस्कानलाई थापाले सुनाएका थिए।
भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएर आफू दुःखी भएको बताएका छन्।
‘तपाईँलाई के भयो भन्ने मलाई उज्वलले बताए, तपाईलाई जे भयो, त्यो निकै दर्दनाक हो । यस्तो घटना थाहा पाएर दुःख लाग्यो,’ अमिताभले भिडियो सन्देशमा भनेका छन्।
मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा आफूले बुझेको भन्दै अमिताभले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।
‘तपाईंको नाम अति सुन्दर छ,’ उनले भनेका छन्, ‘मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईको अनुहारमा निरन्तर मुस्कान छाई रहोस ।’
भिडियो सन्देश पठाउँदै अमिताभले आइन्दा कोही बालिकामाथि त्यस्तो नहोस भन्ने कामना गरेका छन्। उनले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने अपेक्षा गरेका छन्।
‘तपाईलाई छिटै निको होस,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘तपाईलाई मेरो शुभ कामना छ । तपाईको मुहारमा सधै मुस्कान छाइरहोस् ।’
खातुनलाई गत भदौ २० गते वीरगन्जमा दुई स्थानीय युवाले एसिड आक्रमण गरेका थिए।
भिडियाे साैजन्य : उज्ज्वल विक्रम थापा
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया