आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन हुन्छ– नेता खनाल (भिडियोसहित)

बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्। 

नेकपाले बडादशैं, तिहार, नेपाल संवत छठलगायत पर्वका अवसरमा बुधवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले जुन लोकप्रिय र प्रभावकारी रूपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको नसकेको बताए।

उनले मन्त्रिमण्डल पुनर्गठनका बारे राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए। सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उनले बताए।

प्रकाशित मिति: : 2019-10-16 18:35:39

प्रतिकृया दिनुहोस्