भारतको राजधानी नयाँ दिल्लीमा ५ वर्षयताकै सबैभन्दा गर्मी भएको छ। सोमबार नयाँ दिल्लीको तापक्रम ४८ डिग्री पुगेपछि यसले सन् २०१४ को रेकर्ड गर्मीलाई पनि पछाडि पारेको हो।
सन् २०१४ मा दिल्लीको तापक्रम ४७ दशमलव ८ डिग्री पुगेको थियो। जुन १० मा दिल्लीको तापक्रम अघिल्लो दिनभन्दा ८ डिग्रीले माथि उक्लेको थियो। यसपालि ३१ मेमा दिल्लीको सफदरजंगमा ४४ दशमलव ८ र ३० मेमा पालममा ४६ दशमलव ८ डिग्रीसम्म गर्मी मापन गरिएको थियो।
मौसम विभागले दिल्लीमा मनसुन परिवर्तन हुन अझै समय लाग्ने बताएको छ। यसको अर्थ केही दिन दिल्लीमा गर्मी घट्ने सम्भावना न्युन छ।
सोमबार दिल्लीभन्दा बाहिर नायडा, गुरुग्राम, फरिदाबाद र गाजियाबादमा पनि ४५ डिग्री तापक्रम मापन गरिएको थियो।
राजस्थान र धौलपुरमा गर्मी ५१ डिग्रीसम्म पुगेको बताइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया