बुधबार, १७ डिसेम्बर २०२५

तेह्रौं सागको पुरूष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

News Image
तस्बिरः बिएल नेपाली सेवा
• • •

काठमाडौंमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० को सोझोसेटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई शुरुआतदेखि दबाबमा राखेको थियो। भारतले पहिलो सेट २५–१५ अङ्कले, दोस्रो सेट २५–१३ ले तथा तेस्रो सेट २५–१६ अङ्कले जितेको हो।

समुह ‘ए’ बाट भारत र बंगलादेश सेमिफाइनल प्रवेश गरेका हुन्। भारत नेपालसँगको खेल अघिनै सेमिफाइनल प्रवेश गरिसकेको थियो। भारतले पहिलो खेलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गरेको थियो।

यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो। भारत समूह ‘ए’को विजेता तथा बङ्गलादेश उपविजेता बन्दै सागको सेमिफाइनलमा प्रवेश गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!