बुधबार, १७ डिसेम्बर २०२५

कुस्तीमा भुटान र माल्दिभ्सले खेलाडीहरुको नामावली पठाएन्

News Image
फाइल तस्बिर: बिएल
• • •

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत हुने कुस्ती प्रतियोगितामा ५५ जना खेलाडीले सहभागिता जनाउने भएका छन्। बिभिन्न ५ देशका २४ महिलासहित ५५ खेलाडीले सहभागिता जनाउने भएका हुन्।

आगामी मंसिर २० गतेदेखि जकपुरधाममा हुने कुस्ती प्रतियोगितामा भुटान र माल्दिभ्सले भने अहिलेसम्म खेलाडीहरुको नामावली पठाएका छैनन्।

कुस्ती खेलमा नेपालबाट ७ महिला र ७ पुरुषले सहभागिता जनाउँदैछन्। नेपाली खेलाडीहरु प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट मात्रै चयन गरिएको छ। पुरुषतर्फका एक जना नेपाल प्रहरीका, एक जना नेपाली सेनाका र बाँकी सबै प्रदेश २ बाटै चयन गरिएको छ।

महिलातर्फका ६ जना खेलाडी सुदूरपश्चिम प्रदेशबाट चयन गरिएको छ। एक जना नेपाली सेनाबाट रहनेछन्। सबैभन्दा बढी बंगलादेशका खेलाडी हुनेछन्। बंगलादेशका १० पुरुष र १० महिला गरी २० जना खेलाडी आउने भएका छन्।

पाकिस्तानले पुरुषतर्फ मात्रै सहभागिता जनाउने भएको छ। पाकिस्तानका सात जना पुरुष खेलाडी आउने भएका छन्।

भारतबाट १४ जना खेलाडी कुस्ती खेलमा सहभागी हुनेछन्। जसमध्ये ७ जना महिला र ७ जना पुरुष हुनेछन्। श्रीलंकाबाट पनि सात जना पुरुष र सात महिला गरी १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!