ज्लाटन इब्राहिमोभिच झण्डै दुई दशकपछि आफ्नै देश स्वीडेनको क्लब फर्केका छन्।
सन् २००१ मा पछिल्लो पटक स्वीडेनको माल्लो क्लबबाट खेलेका ज्लाटन १८ वर्षपछि स्वीडेनकै क्लब हाम्मार्बीमा फर्केका हुन्। यस पटक उनी क्लबको को-ओनरको रुपमा समेत रहनेछन्।
यसअघि टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरैन्होसँगको सम्बन्ध निकै राम्रो रहेको कारण ज्लाटन इंग्लिस क्लब फर्कने अड्कल काटिदै आएको थियो। तर,प्रशिक्षक मोरैन्होले ज्लाटनलाई क्लब ल्याउने कुनै योजना नरहेको बताएका थिए।
३८ वर्षीय फरवार्ड इब्राहिमोभिचले दुई सिजन अमेरिकी मेजर सकर लिग क्लब एलए ग्यालेक्सीमा बिताएर यसै महिनाको शुरुमा क्लब छाडेका थिए। जहाँ उनले ५८ खेल खेल्दै ५३ गोल गरेका थिए ।
माल्मोबाट क्लब फुटबल शुरु गरेका इब्राहिमोभिचले नेदरल्याण्ड्सको अयाक्स, इटलीको इन्टर मिलान, एसी मलान र युभेन्ट्स, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस सेन्ट जर्मेन तथा इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया