नेपाली राष्ट्रिय क्रिकेट टिम उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी छाड्ने पारस खड्काको निर्णय अप्रत्यासित भएको बताएका छन् ।
पारसले मंगलबार कप्तान पद छाड्ने घोषणा गरेका थिए । यसबारे मल्लले कहिलेपनि आफूलाई कप्तानी छाड्दैछु भनेर नबताएको बताएका छन् ।
‘मलाई सरप्राइज लागिरहेको छ । मैले उहाँसँग उपकप्तानका रुपमा लामो समय काम गरेँ ।मलाई कहिले कप्तानी छाड्ने कुरा गर्नु भएको थिएन ।', मल्लले भने ।
नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवापछि नेपाली क्रिकेटले गति लिन लागेको अवस्थामा राजिनामा दिनुले नेपाली क्रिकेट क्षेत्रमा हानी हुने उनि बताउछन् । उनि भन्छन् ‘व्यक्तिगत रुपमा भन्नुपर्दा अझै उहाँको नेतृत्व हामीलाई चाहिन्थ्यो जस्तो लाग्छ ।’
तर पारसको व्यक्तिगत निर्णयको सम्मान गर्ने उनले बताए । मल्ल भन्छन्, ‘उहाँले केही सोचेर बुझेरै निर्णय लिएको होला । त्यसको सम्मान गर्नुपर्छ ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया