नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबलमा टिममा परेकी छिन् ।
एस्टन भिल्लाबाट खेलिरहेकी अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा परेकी हुन् । टिममा परेसँगै उनले साइप्रस, बेलारुस र सर्वियासँगको खेलमा खेल्ने भएकी छिन ।
तर, बुधबार राति साइप्रसविरुद्ध भने अस्मिता बेन्चमा रहेकी थिइन् । उक्त खेलमा इंग्ल्याण्डले ८-० को जित निकालेको थियो ।
पूर्व गोरखा सैनिकको छोरी १७ वर्षीय अस्मिताले इंग्ल्याण्डको यू–१६ टोलीबाट समेत खेलिसकेकी छिन् ।अस्मिताका बुबा अमृत आले क्विन्स गोरखा सिंगलका सैनिक हुन् ।
पहिलो चरणको छनोटमा युरोपका ४८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । इंग्ल्यान्ड समूह ‘के’ मा रहेको छ । छनोटका खेलहरु २ देखि ८ अक्टोवरसम्म बेलारुमा आयोजना भइरहेको छ ।
हरेक समूहका शीर्ष दुई टोली र उत्कृष्ट हुने तेस्रोका चार टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो राउन्ड नोभेम्वरमा हुनेछ । यसबाट छनोट हुने टोलीले जर्जियामा जुलाई २०२० मा हुने युइएर्फ वुमन्स यु–२० मा सहभागिताको अवसर पाउनेछ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया