बुधबार, १७ डिसेम्बर २०२५

म्यान्चेष्टर सिटी पुनः शीर्ष स्थानमा, उपाधि होड बलियो

News Image
तस्बिरः एजेन्सी
• • •

वर्नलीलाई हराउँदै म्यानचेष्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ।

आईतबार भएको खेलमा पाहुना टोली सिटीले वर्नलीलाई १–० गोल अन्तरमा हराउँदै उपाधि यात्रा बलियो बनाएको हो।

सिटीको जितमा सर्जियो अग्यूरोले निर्णायक गरे। पहिलो हाफसम्म गोलरहित बराबरी सकिएको खेलको खेलमा उनले ६३ औं मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए।

लिगमा ३६ खेलको समाप्तिमा सिटीले दोस्रो स्थानको लिभपुलसँग एक अंकको अग्रता लिएको छ ।

सिटीको ९२ अंक हुँदा समान खेलबाट लिभरपुलको ९१ अंक छ। वर्नली ४० अंकसहित तालिकाको १५ औं स्थानमा यथावत छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!