बैंककको फुकेटमा बसेर विगत ६ महिनादेखि अभ्यासरत डुवाना लामाले सातौं बृहत राष्ट्रिय खेलकुदभन्दा यसपालि उत्कृष्ट प्रदर्शन गरेकी छिन्।
सातौंमा २ वटा स्वर्णमा चित्त बुझाएकी डुवानाले आठौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ ६ स्वर्ण र ५ रजत पदक जितेकी छिन्। ब्रेष्ट स्ट्रोकमा उनको वर्चश्व देखिएको छ।
उनले ५०, १ सय र २ सय मिटर ब्रेष्ट स्ट्रोकमा स्वर्ण जितेकी छिन्। यस्तै, २ सय मिटर बट्टरफ्लाईमा पनि स्वर्ण जित्न सफल भइन्। १२ वर्षीय त्रिभुवन आर्मीकी डुवानाले
४ गुणा सय मिटर इन्डिभिजुअल मिड्लेमा त्रिभुवन आर्मीकी गौरिका, उपास्थी महर्जन र सोफिया गुरूङसँग मिलेर स्वर्ण जितेकी थिइन्। उनले बुधबार अन्तिम दिन ४ गुणा सय मिटर फ्रिस्टायल रिलेमा गौरिका, उपास्थी र सोफिया शाहसँग मिलेर फेरि स्वर्ण जितेकी थिइन्।
अन्तिम दिन उनी १ सय मिटर ब्याक स्ट्रोक र २ सय मिटर इन्डिभिजुअल रिलेमा गौरिका पछि दोस्रो भइन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया