नेपालगञ्ज– आठौं बृहत राष्ट्रिय खेलकुदको पौडीतर्फ डुवाना लामाले सबैभन्दा कान्छो उमेरमा पहिलो स्वर्ण जित्ने कीर्तिमान बनाएकी छिन्।
३ महिनापछि १३ वर्ष प्रवेश गर्न लागेकी डुवानाले नेपालगञ्जको सिग्नेट होटलको छोटो पौडी पोखरीमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन्। विगत ६ महिनादेखि थाइल्यान्डको फुकेटस्थित ब्रिटिश स्कुलमा पौडी सिकिरहेकी डुवानाले १ सय मिटर ब्रस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन्।
नेपाल आर्मीबाट उत्रिएकी डुवानाले निर्धारित दुरी १ मिनेट १८ दशमलव ९३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। उनकी प्रतिस्पर्धी एपिएफकी टिसा शाक्यले १ मिनेट २१ दशमवल ०६ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन्। १ मिनेट २१ दशमलव ३२ सेकेन्डमा दुरी पुरा गरेकी नेपाल आर्मीकी उपास्ती महर्जनले कास्य जितिन्।
६ वर्षको उमेरमा एलए कप खेलेर युवा खेलाडीको परिचय बनाएकी डुवाना फुकेटमा ब्रिटिश प्रशिक्षक कोलिनसँग तालिम लिइरहेकी छिन्। उनका बुवा मुखिया लामा नेपाली फुटबलको अत्याधिक सफल क्लब मनाङ मस्र्याङ्दीका उपाध्यक्ष हुन्। आमा मेरी लामा आइरिस हुन्।
छोरीको सफलताले आफूलाई निकै खुसी लागेको बुवा मुखिया लामाले ब्रेकिङलिंक्सलाई बताए। ‘६ वर्षको उमेरदेखि नै उसलाई हामीले पौडी पोखरीमा उतारेका हौं। त्यसैले उसको सफलतामा खुसी लाग्छ,’ मुखियाले भने। ड्वाना जुलाई १४ मा १३ वर्ष प्रवेश गर्दैछिन्।
डुवानाले दुई वर्षअघि पूर्वाञ्चलमा आयोजना भएको सातौं बृहत राष्ट्रिय खेलकुदमा २ सय मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनले त्यतिबेला ३ मिनेट शुन्य ७ सेकेन्डमा दुरी पुरा गरेकी थिइन्। सोमबार उनको यही विद्यामा अर्को स्पर्धा छ। उनले सातौ.मा २ वटा स्वर्ण जितेकी थिइन्। उनले १ सय मिटर ब्रेस्टस्ट्रोकमा पनि स्वर्ण हात पारेकी थिइन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया