भारतलाई ४ विकेटले हराउँदै अष्ट्रेलियाले शृंखला २-२ को बराबरी गरेको छ।
आइतबार चण्डीगढमा भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो।
योसँगै पाँच ओडीआई सिरीज २-२ को रोमान्चक मोडमा पुगेको छ। अन्तिम तथा निर्णायक खेल बुधबार हुनेछ ।
अष्ट्रेलियाको जितमा पिटर हेन्डस्कम्वले सानदार शतक बनाउँदा एस्टन टर्नरको विष्फोटक अर्धसतक बनाए।
हेन्ड्सकम्बले १ सय १७ रन बनाए। ओडीआई करियरको पहिलो शतक बनाउने क्रममा पिटरले १ सय ५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
पिटर र उस्मान खवाजाले तेस्रो विकेटका लागि १ सय ९२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई जितको नजिक पुर्याए।
३३.१ ओभरमा जसप्रित बुमराहले ख्वाजालाई क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। उस्मान ख्वाजाले ९९ बल खेल्दै ७ चौकासहित ९१ रन जोडे।
तल्लोक्रमका एस्टन टर्नरले विष्फोटक ब्याटिङ गर्दै ८४ रन बनाएपछि अस्ट्रेलियाको जित सम्भव भएको हो। टर्नरले ४३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ८४ रनमा अविजित रहे।
एलेक्स केरीले २१ रन बनाए तथा ग्लेन म्याक्सवेलले २३ रन जोडे।
भारतका लागि जसप्रित बुमराहले ३, कुलदिप यादव, युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक-एक विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाउँदै ३ सय ५८ रन बनायो। भारतका लागि शिखर धवनले १ सय ४३ रन बनाए। ११५ बल खेलेका उनले १८ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै अर्का ओपनर रोहित शर्माले ९५ रन बनाउँदा ओपनर धवन र रोहितले पहिलो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरे।
९२ बल खेलेका ७ चौका र २ छक्का प्रहार गरेका थिए।
भारतका लागि ऋषभ पन्त ३६, केएल राहुल र विजय शंकर समान २६ रन बनाउँदा केदार जाधव १०, कप्तान विराट कोहली ७ रनमा आउट भए।
अष्ट्रेलियाका प्याट कमिन्सले ५ विकेट लिँदा झेय रिचड्सनले ३ तथा एडम जाम्पाले १ विकेट हात पारे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया