बुधबार, १७ डिसेम्बर २०२५

धोनी भारतको टोलीबाट बाहिरीए

News Image
कप्तान विराट कोहली र महेन्द्र सिंह धोनी । तस्बिरः आईसीसी
• • •

भारतीय क्रिकेट टिमका पूर्वकप्तान एवम् उत्कृष्ट विकेटकीपर तथा फिनिसर महेन्द्रसिंह धोनीले अष्ट्रेलियासँगको बाँकी दुई खेल गुमाउने भएका छन्।

पाँच एक दिवसीय अन्तर्गत शुक्रबार राँचीमा भएको तेस्रो खेलमा भारत पराजित भएसँगै बिसीसीआईले बाँकी दुई खेलमा धोनीलाई विश्राम दिने भएको छ।

कप्तान विराट कोहलीका अनुसार धोनीको स्थानमा युवा खेलाडी ऋषभ पन्तलाई मौका दिन लागेको हो। तेस्रो खेलमा कप्तान विराट कोहलीले १ सय २३ रन बनाउँदा पनि भारत पराजित भएपछि पछिल्ला दुई खेलमा खराब प्रर्दशन गरेका धोनीलाई आराम दिने कप्तान कोहलीले जनाएका छन् ।

सन् २०१८ मा खराब प्रर्दशन गरेका धोनीले सन् २०१९ मा भने उत्कृष्ट प्रर्दशन गर्दै विश्वकपको लागि आफ्नो स्थान पक्का गरेका छन्।

सन् २०१९ मा धोनीले ८ खेलमा ८१.७५ को औसतमा ३ सय २७ रन जोडिसकेका छन्। जसमा ४ अर्धशतक सामेल छ ।

अष्ट्रेलियासँगको जारी सिरीजमा पहिलो खेलमा अविजित ५९ रनको अविजित पारी खेल्दै खेल जिताएका धोनी दोस्रोमा डक र तेस्रो खेलमा २६ रनमा आउट हुन पुगेका थिए।

भारत र अष्ट्रेलियाबीच चौथो खेल आइतबार र अन्तिम तथा पाँचौ खेल मार्च १३ मा हुनेछ। पहिलो र दोस्रो खेल लगातार जितेको भारत शृंखलामा २-१ ले अगाडि छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!