घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ८ रनले हराएको हो ।
नागपुरमा भारतले दिएको २५१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ३ बलमा अलआउट हुँदै २४२ रनमा समेटियो ।
अष्ट्रेलियाका मार्कस स्टोइनेसले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै उसका पिटर ह्याण्ड्स्कम्बले ४८, उस्मान ख्वाजाले ३८ कप्तान एरोन फिन्चले ३७ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ३ तथा जस्प्रित बुम्रा र बिजय शंकरले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै २५० रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले ११६ रनको शतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले ४६ रन बनाए ।
अष्ट्रेलियाका पाट कुमिन्सले ४ तथा आडम जाम्पाले २ विकेट लिए ।
जितसंगै भारतले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । घरेलु टोलीसंगको टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले जितिसकेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया